काठमाडौं । काठमाडौंमा जारी आईसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
आज काठमाडौंको मुलपानी मैदानमा अफगानिस्तानसँग नेपाली युवा टोलीले निर्णायक भिडन्त गर्दैछन् । यो एक खेल जिते नेपालले २०२६ मा आईसीसी विश्वकप क्रिकेट खेल्नेछ। खेल आज बिहान ९ बजे शुरु हुनेछ ।
नेपाल र अफगानिस्तानले तीन खेलबाट समान ६ अंक बनाएका छन्। यी दुई टोलीको भिडन्तको विजेताले अर्को वर्ष जिम्बावे र नामिबियाले आयोजना गर्ने विश्वकपमा स्थान बनाउने छन्।
मूलपानीको तल्लो क्रिकेट मैदानमा भइरहेको छनोट प्रतियोगिताको शीर्ष दुई स्थानमा नेपाल र अफगानिस्तान पुगेका हुन्। प्रतियोगितामा सहभागी हङकङ, ओमान र युएई अंकविहीन छन् ।
यसअघि नेपालले ओमानलाई आठ विकेटले, यूएईलाई डिएल पद्धतिमा पाँच रनले हराउँदा हङकङमाथि नौ विकेटको सानदार जित निकालेको थियो। त्यसैगरी अफगानिस्तानले पहिलो खेलमा ओमान र दोस्रो खेलमा हङकङलाई समान आठ/आठ विकेटले हराउँदा तेस्रो खेलमा यूएईविरुद्ध डिएलपद्धतिमा १८० रनको जित निकालेको थियो ।
नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकप खेलेको थियो भने नेपालले अहिलेसम्म आठ पटक युवा विश्वकप खेलिसकेको छ ।