काठमाडौं । हङकङमा जारी चारदेशीय टी २० अन्तर्राष्ट्रिय श्रृङ्खलाको उपाधि कुवेतले जितेको छ। नेपाललाई ३ रनले हराउँदै कुवेतले उपाधि आफ्नो नाममा गरेको हो।
मङककस्थित मिसन क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले १७४ रन बनाएको थियो। १७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालको सुरुवाती ब्याटिङ कोल्याप्स हुँदा नेपालले १९.३ ओभरमा १७१ रन बनाउँदै अलआउट भयो।
नवौं विकेटका लागि नन्दन यादव र वसिर अहमदले ७२ रनको साझेदारी गर्दै नेपाललाई खेलमा फर्काएका थिए। अन्तिम ओभरमा ११ रन चाहिएको थियो। अन्तिम ओभर र अन्तिम विकेटको रुपमा ललित राजवंशी र बसिर अहमद क्रिजमा रहेका थिए। पहिलो बलमा नो बल हुँदै छक्का गएपछि ६ बलमा ४ रन चाहिएको थियो। त्यसपछि लगातार २ बल डट खेलेर बसिर १९.३ मा ठूलो सट खेल्दा बाउन्ड्री लाइनमा क्लिन्टो एन्टोको हातमा क्याच आउट भए।