काठमाडौं । हङकङमा आजबाट चार देश सम्मिलित टी–२० क्रिकेट श्रृखला शुुरु हुँदैछ । नेपालले आज पहिलो खेलमा कतारसँग प्रतिस्पर्धा गरिरहेको छ । सरिजमा तुलनात्मक रुपमा कमजोर टोली भए पनि टी– २० विश्वकप छनोटका लागि हङकङ भ्रमण फलदायी हुने नेपाली टोलीको अपेक्षा छ ।
पहिलो प्रतिद्वन्द्वी कतारसँग नेपालले अहिलेसम्म २ खेल खेल्दा दुवैले १–१ खेल जितेका छन् । सन् २०१९ मा भएको पहिलो भेटमा ४ विकेटले हारेको नेपालले गत वर्ष अप्रिलमा भएको एसिसी प्रिमियर कपमा ३२ रनको जित निकालेको थियो ।
त्यस्तै, दोस्रो खेलको विपक्षी कुवेतविरुद्ध नेपालले १ मात्र खेल खेल्दा ७ विकेटको जित निकालेको छ । नेपाल, हङकङ, कतार र कुवेत सम्मिलित सिरिज आगामी टी–२० विश्वकप छनोटको तयारीका लागि महत्वपूर्ण मानिएको छ ।
नेपालले सन् २०२५ मा पहिलो अन्तर्राष्ट्रिय खेल कतारविरुद्ध खेलेको होे । टोलीका नवनियुक्त प्रशिक्षक स्टुवार्ट ल अप्रिल २४ पछि मात्र टोलीको जिम्मेवारीमा आउने हुँदा यो सिरिजमा क्यानले पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई प्रशिक्षणको जिम्मेवारी दिएको छ ।
सिरिजका ४ टोली मध्ये नेपाल तुलनात्मक रुपमा बलियो टोली हो । आईसिसीको पछिल्लो ट्वान्टी ट्वनन्टी वरियतामा नेपाल १७ औं स्थानमा छ । नेपाल भन्दा तल हङकङ २३ औं, कुवेत २४ औं र कतार २८ औं स्थानमा छ ।