काठमाडौं । राजावादी समर्थक प्रदर्शनकारीहरूले नेकपा समाजवादीको पार्टी कार्यालय तोडफोड गर्नुका साथै आगजनी गरेका छन् ।
आलोकनगरमा रहेको एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आगजनी भएको छ । यसअघि प्रदर्शनकारीहरूले तीनकुनेस्थित एक घरमा आगजनी गरेका थिए ।
यसैगरी प्रदर्शनकारीले पेरिसडाँडा नजिक एक सरकारी गाडीमा समेत तोडफोड गर्नुका साथै आगजनी गरेका थिए । पेरिसडाँडामा रहेको नेकपा माओवादीको कार्यालयमा प्रवेश गर्न प्रदर्शनकारीहरुले तयारी गरिरहेका छन् । त्यहाँ ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।