काठमाडौं । लुम्बिनी प्रदशेमा जारी प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आज (बुधबार) नेपाल कोशी प्रदेश र एपीएफ क्लब भिड्दै छन् ।
भैरहवास्थित सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुनेछ । जारी प्रतियोगितामा एपीएफ क्लबले ८ खेलमा ६ जित र २ हार बेहोर्दै १२ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै कोशी प्रदेशले भने ८ खेलमा ७ हार सहित अंक तालिकामा पुछारमा रहेको छ ।
नेपाल पुलिस क्लबले आफ्ना अहिले सम्मका सबै खेल जितेर शिर्ष स्थानमा रहदै फाइनलमा पुगेको छ । लमहीमा मंगलबार भएको खेलमा कर्णाली प्रदेशलाई ४४ रनले पराजित गर्दै पुलिसले एक खेल अगावै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
पुलिसले फाइनलमा स्थान सुरक्षित गर्दा त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल एपिएफ मध्ये एक टोलीले फाइनल खेल्नेछन् । एक खेल खेल्न बाँकी आर्मीको १४ र एपिएफको १२ अंक छ । लिग चरणको अन्तिम खेलमा आर्मीले पुसिल र एपिएफले कोशी प्रदेशसँग खेल्नेछ । फाइनलमा पुग्न दुवै टोलीलाई जितको आवश्यक छ ।
एपीएफलाई फाइनल पुग्न जितले मात्र पुग्ने छैन । प्रतियोगितामा आर्मीले एउटा र एपिएफले दुई हार बेहोरेको छ ।