काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार (आज) तीन खेल हुँदैछन् ।
आज हुने तीन खेलमा मधेश प्रदेश र त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश भिड्न लागेका हुन्।
आज मधेश प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल हुँदै छ । देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुनेछ । जारी प्रतियोगितामा मधेश प्रदेशले ४ खेलमा एक जित र ३ हार बेहोरेको छ भने आर्मीले ख्जेलेका पाँचै खेलमा जित हासिल गरेको छ ।
त्यस्तै, आज अर्को खेल नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबीच हुँदै छ । सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ । जारी प्रतियोगितामा नेपाल पुलिस क्लब अपराजित रहेको छ । पुलिसले खेलेका पाँचै खेलमा जित हासिल गरेर १० अंकसहित शिर्ष स्थानमा छ । त्यस्तै, गण्डकी प्रदेशले एक खेलमा जित र ४ हार बेहोरेको छ ।
त्यस्तै, आज अर्को खेल सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशबीच हुदै छ । एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ । जारी प्रतियोगितामा सुदूरपश्चिमले ५ खेलमा एक जित र ४ हार बेहोरेको छ भने लुम्बिनी प्रदेशले आफ्ना ५ खेलमा ४ जित र एक हार बेहोरेको रहेको छ ।