काठमाडौँ । शुक्रबार बिहान धनुषामा बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । जनकपुरबाट सप्तरीको राजबिराजतर्फ जाँदै गरेको ना.५ ख १४४१ नम्बरको बस आज बिहान पूर्वपश्चिम राजमार्गमा पर्ने धनुषाधाम नगरपालिका ६ मालटोल भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सडकबाट तल खसेर दुर्घटना हुँदा घाइते भएका यात्रु मध्ये तीन जनाको अवस्था गम्भीर रहेको र बाँकी धेरै घाइतेको अवस्था मध्यम र केहीको सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइतेको प्रादेशिक अस्पताल जनकपुरसहित स्थानीय अस्पतालहरुका उपचार भइरहेको छ । बसमा अधिकांश यात्रीहरु १५ दिने मिथिला मध्यमा परिक्रमामा सहभागी भएर फर्किएकाहरु रहेको बताइएको छ ।