काठमाडौँ । क्यानडाको टोरन्टो पियर्सन विमानस्थलमा विमान दुर्घटना भएर उत्तानो परे पनि सबै यात्रु र चालक दलका सदस्य बाँच्न सफल भएका छन् ।
ग्रेटर टोरन्टो विमानस्थल प्राधिकरणकी प्रमुख कार्यकारी अधिकृत डेबोरा फ्लिन्टका अनुसार कुनै पनि यात्रुको मृत्यु नभएको र दुर्घटनाको तुलनामा यात्रुहरूलाई भएको चोटपटक सामान्य रहेको छ ।
मिनियापोलिसबाट आउँदै गरेको डेल्टा एयरलाइन्सको विमानमा ७६ जना यात्रु र ४ जना चालक दलका सदस्य थिए ।
दुर्घटनामा परेका १८ यात्रुलाई अस्पताल लगिएको र एक बालक र दुई वयस्क मात्र गम्भीर घाइते रहेको बताइएको छ ।
अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार डेल्टा एयर लाइन्सको उडान ४८१९ स्थानीय समय अनुसार सोमबार दिउँसो २ः४५ बजे अवतरणका क्रममा पल्टिएको थियो ।