काठमाडौं । आइसिसी यू–१९ टी२० महिला विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।
मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा जारी खेलमा स्कटल्यान्डसँग नेपाल १ विकेटले पराजित भएको हो । पराजितसँगै नेपालको ‘सुपर–६’ पुग्ने सम्भावना कमजोर बनेको छ ।
जितका लागि नेपालले दिएको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पुरा गर्यो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा अलआउट हुँदै ७३ रन बनाएको थियो । यसअघि भएको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित भएको थियो ।