काठमाडौं । यू-१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने नेपाली टोलीको विदाई गरिएको छ ।
विश्वकप खेल्न जाने टोलीलाई बिदाई कार्यक्रममा नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले विश्वकपमा हुने गतिविधिले नेपाली क्रिकेटको पहिचान झल्काउने बताए ।
‘नेपाली क्रिकेटलाई विश्वले नै हेरिराखेको अवस्थामा यहाँहरूले अन द फिल्ड र अफ द फिल्ड गरेको सम्पूर्ण गतिविधि नेपाली क्रिकेटको चिनो पहिचानलाई झल्काउने छ । त्यसैले प्रतियोगितामा क्षमताअनुसारको खेल देखाउनुहोला । त्यसको लागि यहाँहरुलाई क्रिकेटको संघको तर्फबाट शुभकामना छ,’ खड्काले भने ।
यो प्रतियोगिताले आगामी दिनमा नेपाली क्रिकेटलाई अझै बलियो बनाउन सहयोग पुग्ने उनको विश्वास छ ।