काठमाडौं । काठमाडौंसहित सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् ।
गृह मन्त्रालयले सोमबार सात जिल्लाका सीडीओसहित गृहका १२ जना कर्मचारीको सरुवा एवं पदस्थापन गरेको छ ।
काठमाडौंका सीडीओ जयनारायण आचार्यको गृह मन्त्रालयमा सरुवा भएको छ भने उनको ठाउँमा ऋषिराम तिवारीलाई पठाइएको छ ।
मोरङका सीडीओ प्रेम प्रसाद भट्टराईलाई गृह मन्त्रालय वा अन्तर्गत रहनेगरी सरुवा गरिएको छ भने मोरङको सीडीओमा गृह मन्त्रालयका सहसचिव इन्द्रदेव यादवलाई पठाइएको छ ।
झापाका सीडीओ बन्धु प्रसाद बास्तोलालाई पनि गृह मन्त्रालय वा अन्तर्गत रहनेगरी सरुवा गरिएको गृहले जनाएको छ । सर्लाहीका सीडीओ गोपाल कुमार अधिकारीलाई झापा सरुवा गरिएको छ ।