काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय सदस्यले पार्टीमा सम्पत्ति विवरण बुझाउनुपर्ने प्रस्ताव गरेका छन्।
आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा आगामी फागुन १ गतेभित्र सबै केन्द्रीय सदस्यले आफ्नो र परिवारको सम्पत्ति विवरण पार्टीमा बुझाउनु पर्ने प्रस्ताव गरिएको छ।
माओवादीमा ४०९ पूर्ण केन्द्रीय सदस्य र २०५ वैकल्पिक केन्द्रीय सदस्य छन्।