काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीमा अनुशासन आवश्यक रहेको बताएका छन् ।
राष्ट्रिय जन सांस्कृतिक महासंघ, नेपालको ३७औँ वार्षिक उत्सवलाई आज सम्बोधन गर्दै उनले अनुशासित पार्टीले मात्र मुलुकको लक्ष्य प्राप्ति गर्ने बताए ।
महासचिव पोखरेलले पार्टीमा वैरीहरूले आक्रमण गरिरहेको बेला पार्टीमा एकता आवश्यकता रहेको बताए । उनले यस्तो बेलामा पार्टी निर्णय विरुद्ध जान उचित नहुने बताए ।
महासचिव पोखरेलले कृषिलाई बदल्न नसकेकाले युवा जोडिन नमानेको र पुरानै पुस्ताले धानेको कृषिबाट मुलुकको आर्थिक विकास र समृद्धि पूरा नहुने बताए । “देश बनाउने कुरा गफ गरेर हुँदैन । त्यसको जगमा प्रवेश गर्नु सक्नुपर्दछ”, उनले भने ।
महासंघका अध्यक्ष प्रेमनाथ अधिकारीले सांस्कृतिक परिवर्तनविना राजनीतिक परिवर्तनले स्थायित्व लिन नसक्ने बताए । (रासस)