काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले युवा बिना कुनै पनि राजनीतिक दलहरु अघि बढ्न नसक्ने बताएका छन् ।
आईतवार काठमाडौंमा पार्टी निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन केन्द्रिय निर्देशन समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले कुनै पनि राजनीतिक दलमा युवा पुस्ता नभएसम्म पार्टी अघि बढ्न नसक्ने बताए । उनले खेलकुदमा युवाहरु बढी हुने भएकाले काँग्रेसले युवासँग जोडिन खेलकुद क्षेत्रलाई बढी प्राथमिकता दिनुपर्ने बताए । उनले खेलकुद स्वस्थ शरीरका लागि महत्वपूर्ण रहेको बताए । ओलम्पिक कमिटीको विवादमा सर्वोच्च अदालतले मानेको रुक्मसमशेर राणाहरु मिलेर बनाएको कमिटीलाई मान्नुपर्ने र लागू गर्नुपर्ने बताए ।
सभापति देउवाले खेलकुद जगतलाई नेपाली काँग्रेसले सहयोग गर्ने प्रतिवद्धता जनाए ।