काठमाडौँ । चर्च ब्वाइज युनाइटेड क्लबले एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा जित हासिल गरेको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा शुक्रबार भएको खेलमा चर्च ब्वाइजले संकटा क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो । चर्च ब्वाइजका लागि सनिल मगर र सुगम रानाले समान १–१ गोल गरे । त्यस्तै, यता संकटाका लागि भने पेम्बा तामाङले गोल गरे ।
खेलको १५औँ मिनेटमा पेम्बाको ‘पेनाल्टी’ गोलमार्फत संकटाले पहिलो अग्रता लियो । त्यसपछि खेलको ३०औँ मिनेटमा चर्च ब्वाइजका सनिलले ‘फ्री किक’मार्फत १ गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ८४औँ सुगमले गोल गर्दै चर्च ब्वाइजलाई २–१ को जित दिलाए । (रासस)