पोखरा । सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेका र संगठित ठगी, सम्पत्ति शुद्धिकरणमा मुद्दा दर्ता गरिएका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलगायतका सात जनालाई जिल्ला अदालत कास्कीमा आज उपस्थित गराइएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, लिला पछाईं, पूर्वसञ्चालक समिति सदस्य कृष्ण गुरूङ, पूर्वकोषाध्यक्ष आरती गुरूङ र पूर्वसञ्चालक समिति उपाध्यक्षसमेत रहेकी पूर्वसांसद मीना गुरूङलाई अदालत उपस्थित गराइएको छ ।
छवि र लिलाको बयान भइसकेको छ भने रविसहितको बयान सोमबारबाट न्यायाधीश नीतिज राईको इजलासमा जारी छ ।
अदालतमा मुद्दा दर्ता भएसँगै रविको सांसद पद निलम्वित भएको छ भने पार्टीले कार्यवहाक सभापतिको जिम्मेवारी उपाध्यक्ष डीपी अर्याललाई दिएको छ ।