काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ।
आज ४ बजे बस्ने गरी रास्वपाले सचिवालय बैठक बोलाएको हो ।
सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता भएपछि बस्न लागेको पहिलो बैठकमा समसामयिक राजनीति र पार्टी सभापतिको कार्यबाहक जिम्मेवारी तोक्नेबारे छलफल हुने एक नेताले बताए ।
सरकारी वकिल कार्यालय, कास्कीले रविमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी ३ वटा मुद्दा दर्ता गरेको छ।
रविविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेपछि सांसद पनि पनि निलम्बन गर्न पत्राचार भइसकेको छ।
























