काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले तत्काल कुनै पार्टीसँग एकताको सम्भावना नभएको निष्कर्ष निकालेको छ ।
पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटिको बैठकपछि पार्टी नेता जगन्नाथ खतिवडाले देशका अन्य कुनै पनि कम्युनिष्ट पार्टीसँग एकताको कुनै सम्भावना नभएको निष्कर्ष निकालेको बताए ।
उनले राष्ट्रिय एजेण्डमा सहकार्य गर्न तयार रहेको बताए । केन्द्रीय सदस्यहरुको कार्यविभाजन र आगामी कार्ययोजनालाई पारित गर्दै स्थायी कमिटिको बैठक मंगलबार सम्पन्न हुने उनले बताए ।
खतिवडाले जनताको घर–घरबाटै जनसंघर्षको माध्यमबाट पार्टी निर्माण गर्न सकिने भएकाले जनताको घर–घरमा जानेसहितको निर्णय हुने जानकारी दिए ।