काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा शोभा अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार अध्यक्षमा अर्यालले ४१५ ल्याएर निर्वाचित भएकी छिन् भने उनका निकटतम प्रतिद्वन्द्वी पुष्कर बस्नेतले २२२ मत ल्याएका छन् । अर्याल प्रेस सेन्टर, समाजवादी प्रेस संगठन र प्रेस युनियनबाट विद्रोह गरेको रमेश विष्ट प्यानलकी हुन भने बस्नेत प्रेस चौतारी– प्रेस युनियनका साझा उम्मेदवार थिए ।
त्यस्तै उपाध्यक्षमा हेम बहादुर राना (कमल) २६६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गोविन्द गिरीले २४५ मल्याएका छन् । कमल अर्याल प्यानलका हुन भने गिरी बस्नेत प्यालनका हुन ।
त्यस्तै उपाध्यक्ष महिलातर्फ कान्ति न्यौपानेले ४१३ मत ल्याएर विजयी भएकी छिन् भने उनकी निकटतम प्रतिद्वन्द्वी सितामाया पौडेल (अर्चना) ले २१८ मत ल्याएकी छिन् । न्यौपाने अर्याल प्यानलबाट हुन भने अर्चना बस्नेत प्यालनमा थिइन् ।
त्यस्तै सचिवमा रमेश कुमार बोहोराले ३४३ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी वुद्ध योञ्जन लामाले ३०३ मत ल्याएका छन् । बोहोरा बस्नेत प्यानलका हुन भने लामा अर्याल प्यानलका हुन ।
सहसचिव खुलामा २८२ मत ल्याएर विक्रम रत्न निर्वाचित हँुदा उनका निकटतम प्रतिद्वन्द्वी ऋषिराम बस्यालले २७८ मत ल्याएका थिए । रत्न अर्याल प्यानलका हुन भने वस्याल बस्नेत प्यानलका ।
त्यस्तै सहसचिव समावेशीमा ईश्वरी अधिकारी (इशा) ३८३ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी मोनिका खतिवडाले २८३ मत ल्याएकी छिन् । इशा बस्नेत प्यानलमा थिइन् भने खतिवडा अर्याल प्यानलमा ।
त्यस्तै कोषाध्यक्षमा रामचन्द्र कार्की (राम कार्की) ३०१ म्त ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी राममणी घिमिरेले २३९ मत ल्याएका थिए । कार्की बस्नेत प्यानल र घिमिरे अर्याल प्यानलका हुन ।
यस्तै खुला आठ जना सदस्यहरुमा अंकध्वज परियार, अनिशा जयन्ती श्रेष्ठ, ऋग देवकोटा, गोविन्द कुमार शर्मा, चेतनारायण वेलवासे, नेत्रबहादुर बस्नेत, मन्जु घिमिरे र हेम राज सुवेदी निर्वाचित भएका छन् । श्रेष्ठ र बस्नेत बस्नेत प्यालनका हुन भने अन्य निर्वाचित अर्याल प्यानलका हुन ।
त्यस्तै समावेशी महिला सदस्यमा अनिशा निरौला, मधेशी सदस्यमा सुनिल कुमार साह र अन्यमा जगदिश प्रसाद अधिकारी निर्वाचित भएका छन् । निरौला अर्याल प्यानलकी हुन भने साह र अधिकारी बस्नेत प्यानलबाट निर्वाचित भएका हुन ।
जनजाति सदस्यमा विनिता डंगोल र दलितमा गणेश विक निर्विरोध निर्वाचित भएका थिए ।