काठमाडौं । सङ्घीय संसद् सचिवालयले प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका लागि आवासीय नेपाली राजदूतमा सिफारिस भएका पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ गरेको छ ।
संसदीय सुनुवाइ समितिले आज(शुक्रबार) एक सूचना जारी गर्दै राजदूत नियुक्तिका लागि सिफारिस भएका नेपालीलाई उक्त पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाण सहित १० दिन भित्रमा उजुरी दिन अनुरोध गरेको छ ।
समितिले उजुरी वा सूचना समितिको सचिवालय वा जिल्ला प्रशासन कार्यालय मार्फत पठाउन सकिने जनाएको छ । (रासस)