काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले विराटनगर किङ्सलाई सुपर ओभरमा पराजित गरेको छ । आजको हारसँगै विराटनगर किंग्स नेपाल प्रिमियर लिगको प्लेअफ नपुग्ने दोस्रो टोली बनेको छ ।
सुपर ओभरमा १९ रनको लक्ष्य पछ्याएको विराटनगरले ५ रन मात्रै बनाउन सक्यो । पोखराका रिफर रेमन रिफरले १८ रनको स्कोर पुर्याउन २ छक्का र १ चौका प्रहार गरेका थिए । विराटनगरले भने ६ बलमा जम्मा ५ रन मात्रै ल्यायो । उनै रिफरले बलिङ गरेका थिए ।
विराटनगर टिमबाट कप्तान सन्दीप लामिछाने आफैँ बलिङ गरेका थिए । सुपर ओभर खेलमा मार्टिन गुप्टिल र निकोलस किर्तनलाई विराटनगरले ब्याटिङमा पठाएको थियो ।




















