काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो हार व्यहोरेको छ । बुधबार भएको खेलमा सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित भयो ।
यसअघि चार खेल जितेर सानदार सुरुवात गरेको जनकपुर पहिलो हार व्यहोरेपछि प्लेअफका लागि अझै कुर्नुपर्ने भएको छ । ५ खेलपछि जनकपुर र सुदूरपश्चिमको समान ८ अंक भएको छ ।
लगातार चार खेल जितेर अपराजित रहेको जनकपुरले सुदूरपश्चिमविरुद्ध बलिङमा राम्रो गरेपनि ब्याटिङमा भने निकै कमजोर प्रदर्शन गर्दा हार व्यहोर्नु पर्यो ।
सुदूरपश्चिमले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा ५१ रन बनाउँदा अलआउट भयो ।
आजै हुने दिनको दोस्रो खेलमा काठमान्डु गुर्खाज र लुम्बिनी लायन्स भिड्दै छन्। सो खेल दिउँसो १ बजे सुरु हुनेछ ।