काठमाडौं । निर्माणाधीन तराई–काठमाडौँ द्रुतमार्ग (फास्ट ट्रयाक) मा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मकवानपुर प्रहरीका अनुसार ना ८ ख २४३० नम्बरको टिपर हात्तिसुडेबाट फास्ट ट्रयाकको लागि ग्राभेल लोड गरेर जाँदै गर्दा बकैया गाउँपालिका–५ झाक्रीडाँडा नजिक मंगलबार बिहान दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । टिपर अनियन्त्रित भई सडकबाट करिब २५÷३० मिटर तल खोल्सामा खसेको थियो ।
चालक चितवन घर भएका करिब ४०र४२ वर्षीय सानु लो तामाङको सोही टिपरले च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।