धरान । सुनसरीको गढी गाउँपालिका–६ मा नेपाली कांग्रेस उम्मेदवार तेतर साहु बिजयी भएका छन् । उनले ८ सय १६ मत प्राप्त गरि निर्वाचित भएका जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिएका छन् ।
साहले माओवादी केन्द्रका उम्मेदवार कुशेश्वर खेरवारलाई २४ मतले पछि पार्दै वडाअध्यक्षमा विजयी बनेका हुन्। माओवादीका खेरवारले ७ सय ९४ मत प्राप्त गरेका छन् । २०७९ को निर्वाचनमा यस वडा जितेको एमाले उपनिर्वाचनमा तेस्रो स्थानमा झरेको छ । एमालेका उम्मेदवार शन्तु उरावले ७ सय ७० मत प्राप्त गरेका छन् ।

























