गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–१ को वडा अध्यक्षमा कांग्रेसका आनन्द श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ११ सय ८४ मत ल्याई विजयी भएका हुन् । निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका दलबहादुर थापाले ९ सय ३० मत ल्याएका छन् । श्रेष्ठले २ सय ५४ मतान्तरले विजयी हासिल गरेका हुन् ।
उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका दुर्गा बहादुर बिकले १ सय ४३ मत ल्याएका छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास थापाले ४३ मत पाए भने राष्ट्रिय प्रजातान्त्र पार्टीका उम्मेदवार ईश्वरी खाती क्षेत्रीले ५ मत प्राप्त गरेका छन् ।

























