काठमाडौं । कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का खड्गराज शाही निर्वाचित भएका छन् ।
शाही १४३ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वव्द्धि माओवादी केन्द्रकी उम्मेदवार नैसाेभा शाहीले ११५ मत प्राप्त गरे भने नेकपा एमालेका ऐनबहादुर शाहीले ७८ मत ल्याए ।
नेपाली कांग्रेसका उम्मेदवार पैलनबहादुर शाहीले ४९ मत पाएका छन् । राप्रपाका गोगन बहादुर शाहीले १७ मत ल्याउँदा रास्वपाका गगन बमले जम्मा ५ मत पाएका छन् ।
०७९ को निर्वाचनमा यहाँ नेकपा माओवादी केन्द्रका परबहादुर शाही निर्वाचित भएका थिए । उनको पहिरोमा परेर निधन भएसँगै यहाँ उपनिर्वाचन भएको हो ।

























