काठमाडौँ । टस हारेर आमन्त्रणमा ब्याटिङ पाएको विराटनगर किङ्सले प्रस्तुत गरेको १२८ रनको लक्ष्य जनकपुर बोल्ट्सले १५ दशमलव ३ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गरेको छ । सुरुवातमै ओपनर ब्याट्सम्यान गुमाएको जनकपुर बोल्ट्सको पारीलाई लाहिरु मिलन्था र हर्ष ठाकरले लयमा फर्काएका थिए ।
जनकपुर बोल्ट्सका ओपनर ब्याट्सम्यान आसिप शेख पहिलो ओभरको चौथो बलमा बोल्ड भएका थिए । उनलाई विराटनगर किङ्सका क्रिस सोल बिना कुनै रनमा पभेलियन फर्काउन सफल भएका थिए ।
जनकपुर बोल्ट्सले दोस्रो ओभरमा अर्का ओपनर तथा कप्तान अनिल शाहलाई गुमाउनु परेको थियो । उनलाई विराटनगर किङ्सका बलर प्रतिश जीसीले बोल्ड गरेका थिए । अनिल ४ बलमा ५ रन बनाएर फभेलियन फर्किनु परेको थियो ।
जनकपुर बोल्ट्सको सुरुवाती चरणमै धरमराएको पारी सम्हाल्ने क्रममा लाहिरु मिलन्थाले ७५ रन बनाए । यस्तै हर्ष ठाकरले २९ रन जोड्दा विराटनगर किङ्स पराजित हुन पुग्यो ।