काठमाडौँ । नेपाली कांग्रेसका सांसद एवं नेता डा. शेखर कोइरालाले संविधानलाई अक्षरशः पालना गरेर कानून बनाउनुपर्नेमा जोड दिएका छन्।
बिहीबार काठमाडौंमा ‘अभिव्यक्ति स्वतन्त्रताको कसीमा सामाजिक सञ्जाल विधेयक-२०८० ’ बारे बोल्दै उनले यस्तो धारणा राखेका हुन्।
उनले संविधानको पालना गरेर कानून बनाउनुपर्नेमा नागरिकलाई सजाय दिने किसिमले मात्रै कानून बन्ने गरेको सुनाए। सरकार सधैँ निरङ्कुश हुने भन्दै स्टक होल्डहरूसँग बसेर छलफल गरेर मात्रै कानूनहरु बनाउनु उचित हुने उनको भनाइ थियो।
नेता कोइरालालेसामाजिक सञ्जाल विधेयक पुनः लेखन नै गर्नुपर्ने माग समेत गरे। सामाजिक सञ्जालको विषयमा बनाइने कानून स्टेक होल्डरहरुसँग गहन छलफलपछि मात्रै अघि बढाउनुपर्ने उनले सुझाव दिए।

























