काठमाडौं । नेकपा एमालेले सिंगो पार्टी पंक्तिलाई मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको छ।
आज बसेको सचिवालय बैठकले सिफारिस भई आएको उम्मेदवारको नाम पनि अनुमोदन गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
उनले भने, ‘पार्टी पंक्तिलाई उपनिर्वाचनमा एमालेको विजयीका निम्ति सम्पूर्ण सामर्थ्यका साथ परिचालन हुन आह्वान गरेको छ ।’