काठमाडौं । नेपाल र बंगलादेशबीचको जारी खेलको पहिलो हाफ बराबरीमा सकिएको छ ।
काठमाडौंस्थित दशरथ रंगशालामा जारी साफ महिला च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको हो ।
पहिलो हाफमा नेपाल र बंगलादेश दुवैले गोल गर्ने केहि अवसर पाएपनि गोल गर्न सकेका थिएनन् ।
साफ फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंहलगायतका विशिष्ट व्यक्तिहरु रंगशाला पुगेका छन् ।