काठमाडौं । अहिले नेपाल र बंगलादेशबीच साफ वुमेन्स च्याम्पियनसिपको फाइनल खेल हुँदैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल भइरहेको । अहिले खेलको पहिलो हाफ सकिएको छ भने दोस्रो हाफ केही समयपछि सुरु हुनेछ ।
खेलाडीको हौसला बढाउन प्रधानमन्त्री केपी शर्मा ओली पनि रंगशाला पुगेका छन् । रंगशालामा आज साँझ साढे ६ बजेदेखि खेल सुरू भएको हो ।त्यस्तै, दर्शकहरू पनि खेलाडीको हौसला बढाउन नेपालको झन्डा र जर्सी लगाएर रंगशाला पुगेका छन् । दर्शकहरुले रंगशाला भरिभराउ छ भने काठमाडौं लगायतका विभिन्न सहरमा प्रत्यक्ष प्रसारण पनि भइरहेको छ ।