काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारविरुद्ध गरेको खबरदारीसभालाई गम्भीरतापूर्वक लिन चेतावनी दिएका छन् ।
शनिबार काठमाडौंमा आयोजित खबरदारीसभामा सम्बोधन गर्दै प्रचण्डले खबरदारीसभाको सन्देशलाई सरकारले गम्भीरतापूर्वक नलिए भोलिको दिन कस्तो हुनेछ भन्ने संकेत यही सभाले गर्ने बताए । उनले यसमा गम्भीर हुन सरकारलाई चुनौती दिए ।
आफू नेतृत्वको सरकारले भ्रष्टाचारका विरुद्ध, सुशासन, सामाजिक न्याय र आर्थिक विकासका पक्षमा इमान्दारिताका साथ काम गरिरहेका बेला सरकार ढालेको अध्यक्ष प्रचण्डले दाबी गरे ।
केही समय कांग्रेस-एमालेसँग सहकार्य गरेर आफूहरुले गल्ती गरेको उनले बताए ।
माओवादीलाई सडकबाट सरकार फेर्न हतारो नभएको भन्दै उनले कांग्रेस र एमालेसँग विगतमा सत्ता सहकार्य गरेर गल्ती गरेको बताए
कांग्रेस-एमाले पार्टीहरु यो देशमा दलाल, पुँजीपति भ्रष्टहरुको प्रतिनिधि भएको उनको आरोप थियो ।