काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेपाली काँग्रेसले लोकतन्त्र मर्न नदिने बताएका छन् ।
शनिवार काठमाडौंमा कोप-२९ सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा उनले यस्तो बताएका हुन् । उनले अहिलेको सरकार नेकपा एमाले, नेपाली काँग्रेस मिलेर बनाएको उल्लेख गर्दै काँग्रेस र एमाले नेपालको राजनीतिक, सामाजिक इतिहास परिवर्तनका कुरामा अग्रणी रहेको बताए ।
प्रधानमन्त्री ओलीले सामाजिक र राजनीतिक परिवर्तनमा एमाले र काँग्रेसले असाधारण योगदान गरेको बताए । उनले लोकतन्त्र देश र जनताका लागि सर्वोत्तम व्यवस्था भएको दाबी गरे । उनले राजनीतिक दल नहुँदासम्म जनता नेसन भइसकेको नहुने बताए ।
प्रधानमन्त्री ओलीले वन क्षेत्रलाई सरकारले ४० प्रतिश भन्दा तल झर्न नदिने प्रतिवद्धता जनाए ।