काठमाडौँ । मन्त्रिपरिषद्को कात्तिक २ गते बसेको बैठकले गरेका विभिन्न २३ वटा निर्णयहरु सार्वजनिक गरिएको छ ।
बैठकले नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकार्य निर्देशक पदमा पुनः नियुक्ति गर्ने, विश्व बैंकबाट हरित, उत्पादनशील र समावेशी विकास लागि प्रस्ताव गरिएको १ सय ३५ मिलियन डलर ऋण सहायक स्वीकार गर्न वार्ता टोली गठन गर्ने, विश्व बैंककै प्राकृतिक प्रकोप न्युनिकरणको लागि प्रदान गरिएको १ सय ५० मिलियन डलर ऋण स्वीकार गर्ने, विपद्जन्य घटनामा प्राप्त राहत तथा पुनःनिर्माण सामाग्रीमा भन्सार महसुल छुट दिने निर्णय गरेको छ
बैठकले नेपालको नागरिक उडड्यन क्षेत्रकाे समष्टिगत अध्ययन एवम् विश्लेषण गरी सुरक्षित, भरपर्दाे र विश्वसनीय नागरिक उड्डयन प्रणालीको विकास गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधिश अनिलकुमार सिन्हको अध्यक्षतामा हवाई व्यवस्थापन विज्ञहरु राजेन्द्रबहादुर सिंह, भेषराज सुवेदी, हवाई सेवा सञ्चालन तथा गुणस्तर व्यवस्थापन विज्ञ क्या.रिजावप्रसाद प्रधान सदस्य रहेको ५ सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव रहने व्यवस्था गरिएको छ ।
त्यसैगरी कोशी अञ्चलको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश प्रदेशयको नारायणी अस्पताल, बागमती प्रदेशको कीर्तिपुर अस्पताल, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको भेरी अस्पताल, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल र सुदुर पश्चिम प्रदेशको सेती प्रोदिशक अस्पतालमा उपचार खर्च व्यहोर्न नसक्ने नागरिकलाई कस्मेटिक बाहेकको जलन उपचारको व्यवस्था निःशुल्क गर्ने निर्णय गरेको छ ।
।