काठमाडौं । नेपालले टि-२० सिरिजको पहिलो खेलमा अमेरिकामाथि १७ रनको जित निकालेको छ । शुक्रबार बिहान अमेरिकाको डालसस्थित ग्रान्ड पिएरे मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ७ विकेटको क्षतिमा १४७ रन बनायो ।
नेपालको जितका लागि बलिङमा दीपेन्द्रसिंह ऐरीले जादू देखाए । तीन ओभर बलिङ गरेका उनले महत्त्वपूर्ण तीन विकेट लिए । अमेरिकाविरुद्ध नेपालका दीपेन्द्रसिंह ऐरीले १७ बलको सामना गर्दै दुई चौका र एक छक्काको मद्दतमा २८ रन जोडेका थिए । ऐरीले खेलको प्लेयर अफ दि म्याच बने ।