पर्सा । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले बिकास निमार्णको कार्यमा सबै राजनीतिक दलहरु एकजुट भएर अगाडि बढ्नु पर्ने बताएका छन् । केन्द्रमा नेकपा एमालेले निमार्ण गरेको गठवन्ध जस्तै प्रदेशमा हुन निकै जरुरी रहेको मन्त्री गुप्ताको भनाई छ ।
अहिलेको मुख्य एजेण्डा भनेको अस्पताल, सडक र शिक्षामा सबैको सहकार्यमा बिकास भए मात्र स्थानीय जनताको जीवनस्तर राम्रो हुने भएकोले पर्सागढीको स्थानीय सरकारलाई साकारात्मक एजेण्डा सहित मन्त्रालयसंग सहकार्य गर्न आग्रह पनि मन्त्री गुप्ताले निर्देशन दिएका छन् ।
पर्सागढी सहित पर्साबासीबाट पाएको मायाले निकै खुसी लागेको मन्त्री राजकुमार गुप्ताले बताए । आफुलाई राजनीतिमा जनताले सुरुमै सांसदमा निर्वाचित गराएर जुन गुण लगाएका छन अब त्यो गुण तिर्ने समय आएको मन्त्री गुप्ताले बताए ।
पर्सागढीमा भएको कार्यक्रममा नगर प्रमुख गोकर्ण पाठक तथा उप प्रमुख पुजा चौधरीले मन्त्री गुप्तालाई दोसल्ला लगाई सम्मानित समेत गरेको थिए । कार्यक्रम उच्च अधिकारीहरुको सहभागीता रहेको थियो ।