खोटाङ । हिन्दु नेपाली महिलाहरुको महान चाड हरितालिका (तीज) २०८१ को अवसरमा रावावेशी गाँपालिका वडा नं. ४ डुम्रेधारापानीले तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
देउराली मावि डुम्रेको प्रांगणमा आयोजित कार्यक्रममा वडाभित्र वसोवास गर्ने विभिन्न महिला समूहले भाग लिएका थिए ।
कार्यक्रममा संगिनी नाच, एकल नृत्य तथा वडा भित्रका विद्यार्थी छात्रावीच ‘बालविवाहको प्रभाव र न्यूनिकरण’ विषयमा एकल वक्तित्व कला प्रतिस्पर्धात्मक कार्यक्रम गरिएको थियो ।
कार्यक्रमकमा संगिनी नाचमा भोर्लेनी, धुपिधुपि नृत्यमा हिडापा , एकल नृत्यमा प्रनिता विक र एकल वक्तित्वकलामा सुस्मिता वुढाथोकी र सिटी बम ब्लाष्टमा धनमाया बोगटी प्रथम भएका थिए ।
कार्यक्रममा रावावेशी गापा ४ डुम्रेधारापानी र इको हिमालको संयुक्त आयोजनामा संचालन गरिएको थियो ।