काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरितालिका (तीज) पर्वका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत आज दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गरेका हुन ।
उनले भनेका छन् “आज देशैभर तीजको रौनक छ । बाल्यकालमा तीजमा आमाहरु, दिदीबहिनीहरू जम्मा भएर रमाएको खुब मन पर्थ्यो । यातायात र सञ्चार साधन नभएको त्यस समयमा दिदीबहिनी भेट हुने अवसर नै तीज मात्र थियो। त्यसबेला तीज सकिएपछि हामी केटाकेटीहरु दशैं आउने दिन गन्न थाल्थ्यौं । दिदीबहिनीहरू, तपाईहरुको तीज रमाइलो रहोस्, स्वास्थ्य राम्रो रहोस्, तीजको शुभकामना !!”