काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध शब्द सुन्न नचाहेको देख्दा छक्क परेको बताएका छन् ।
‘हिंसात्मक द्धन्द्ध भनेर लेखेको भनेको देख्छु, माओवादी जनयुद्ध भनेर लेख्न र बोल्न पर्दा जातै जान्छ जस्तो गर्छन,’ प्रचण्डले भने, ‘यदि जनयुद्ध ध्वंसात्मक मात्रै हुन्थ्यो भने संसरकै मोडेल शान्ति प्रक्रिया सम्भव हुने थिएन ।’
उनका अनुसार पुर्णबहादुर खडका नेतृत्वको समितिले नै माओवादी जनयुद्ध भनेर उल्लेख गरेको पनि उनले स्मरण गराएका छन् ।

























