काठमाडौं । बेपता छानबिन तथा सत्यनिरुपण तथा मेलमिलाप आयोग बिधेयक आजै पारित गरिने भएको छ ।
सो अघि राजनीतिक दलका शिर्ष नेताहरुले सम्बोधन गरिरहेका छन् ।
कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको विधेयक मंगलबार नै संसदमा पेस भएको थियो ।
यसअघि दलहरूबीचको विवादका कारण रोकिएको विधेयक राजनीतिक सहमति भएसँगै पारित हुने चरणमा पुगेको हो ।
विधेयकमा सहमति गर्न कांग्रेस, एमाले र माओवादी सम्मिलित कार्यदल गठन गरिएको थियो । कार्यदलको सहमति अनुसार तयार भएको प्रतिवेदनसहित विधेयक संसदमा पेस भएको थियो ।
यो बिद्येयक पारित भएसँगै शान्ति प्रक्रियाँ नयाँ ठाउँमा पुग्ने विश्वास राजनीतिक दलले लिएका छन् ।

























