काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त बैठक बसिरहेको छ । आगामी २३ गते बस्ने केन्द्रीय समिति बैठकको पूर्वतयारीका विषयमा सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरुलाई बैठकका लागि आफ्नै निवासमा बोलाएका हुन् ।
बैठकमा केन्द्रीय समिति बैठकमा पेश गर्ने प्रस्तावबारे छलफल भइरहेको बताइएको छ ।

























