काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ । च्यासलस्थित केन्द्रीय कार्यालयमा बाढी पसेकाले बैठक सिंहदरबार अगाडिको होटेल बसेरामा बसेको छ ।
स्वास्थ्यले साथ दिएसम्म प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका बैठक नराख्ने स्पष्ट पारेका एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत् होटेलमा बैठक आयोजना गरिएको जानकारी दिएका छन् ।
आज बसिरहेको सचिवालय बैठकले नेताहरुको कार्यविभाजन, समसामयिक राजनीतिक अवस्था र सरकारको काम प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको बताइएको छ ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओली बाहेक राजकीय जिम्मेवारी पाएका अन्यलाई दोहोरो जिम्मेवारी नदिने एमालेको तयारी छ ।