काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले आफ्नो पार्टीबाट मन्त्री भएकाहरुलाई राजीनामा गर्न निर्देशन गर्ने भएको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ गठबन्धनलाई समर्थन गर्ने बताउँदै पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले भनेका छन्, ‘परिवर्तित राजनीतिक घटनाक्रमअनुसार वर्तमान सरकार अल्पमतमा परिसकेकाले आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई राजीनामा गर्न लगाएर नयाँ परिस्थितिअनुरूप पार्टी अगाडि बढ्ने छ। पदाधिकारी बैठक आजै साँझसम्म वा भोलि बिहान बस्नेछ।’
जसपाका अध्यक्ष अशोक राई र नेता राजेन्द्र श्रेष्ठको कार्यव्यस्तताले आज साँझसम्म वा भोलि बिहान ७ बजे बैठक बसेर निर्णय गरिने बताइएको छ ।
जसपाबाट प्रदीप यादव स्वास्थ्य तथा जनसंख्यामन्त्री, नवलकिशोर साह सुडी वन तथा वातारण मन्त्री तथा हसिना खान स्वास्थ्य राज्यमन्त्री छन् ।