काठमाडौं । कोशी सरकारविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दिएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ। सर्वोच्च अदालतको मंगलबारको पूर्ण इजलासले कोशी सरकारविरुद्ध कार्कीले दिएको रिट खारेज गरिदिएको हो ।
कार्कीले मुख्यमन्त्री हिक्मत कार्कीलाई पदमुक्त गरी मुख्यमन्त्रीमा आफूलाई निरन्तरता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
संविधानको धारा १६८ को उपधारा ९५० अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीले सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत नलिएपछि प्रदेश प्रमुख खापुङले उनलाई पदमुक्त गर्दै धारा १६८ को उपधारा ९५० अनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र ५२ सांसदको समर्थनमा हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भएपछि कार्की सर्वोच्च पुगेका थिए।