जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् ।
पार्टी स्थापनादेखि नै नेतृत्व गर्दै आएका यादव जनकपुरमा जारी राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्ष निर्विरोध निर्वाचित भएका हुन ।
अध्यक्षबाहेकका पदमा नेताहरूको उम्मेदवार परे पनि नामावली सार्वजनिक भइसकेको छैन । २०१ सदस्यीय केन्द्रीय समितिका लागि आज बिहानदेखि उम्मेदवारी दर्ता कार्य भइरहेको निर्वाचन समितिले जनाएको छ ।




















