काठमाडौं । नेपाली कांग्रेसका सांसद संजयकुमार गौतमले राष्ट्रिय सरकार गठनको प्रस्ताव गरेका छन् । मंगलबार प्रतिनिधि सभामा विशेष समयमा बोल्दै सांसद गौतमले यही संसद भित्रबाट राष्ट्रिय सरकार निर्माण गर्न सकिने बताउँदै जनतामा रहेको निराशा चिर्न र आशा जगाउने गरी काम गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय सरकार बनाएर आवश्यक ठाउँमा संविधान संशोधन गर्ने र जनतालाई सुशासनको प्रत्याभूति दिलाउन सकिने वताउँदै उनले
२०७४ सालमा एमाले र माओवादी केन्द्रको गठबन्धनलाई जनताले विश्वास गरेपनि ठीक ढंगले संविधान कार्यान्वयन गर्ने र मुलुकलाई ठीक दिशामा अगाडि बढाउन नसकेको आरोप लगाएका छन् ।




















