काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले टेरामक्स, गिरिबन्धु टी इस्टेट, बालमन्दिरको जग्गा प्रकरण, टिकापुर जग्गा प्रकरण, बाँसवारी जग्गा प्रकरणलगायत अनियमितता तथा भ्रष्टाचारका फाइल खोल्नुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा पार्टीका तर्फबाट बोल्दै रास्वपाका सहप्रवक्ता समेत रहेका सांसद मनिष झाले बालमन्दिरको जग्गा दुरुपयोग, भुटानी शरणार्थी, बाँसबारीको जग्गा र टीकापुर जग्गा प्रकरणलगायतका अनियमितताका फाइल पनि खोल्ने बताएका हुन ।
रास्वपा राजनीतिमा आएको २३ महिना र संसदमा प्रवेश गरेको १७ महिना भएको स्मरण गर्दै उनले सरकारमा पनि दुई पटक गरेर १२२ दिन रहेको बताउँदै यो अवधिमा आफूहरु सक्दो राम्रो गर्ने प्रयासमा रहेको दावी गरेका छन् ।
सहकारीको रकम अपचलनका सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग राखेर नेपाली कांग्रेसले संघीय संसदमा गरेको अवरोधको विषयमा बोल्दखै उनले आफूहरुले व्यक्ति केन्द्रित भएर समिति नबनाऔं भनेको तर, सबै प्रकारको छानबिनका लागि पहिला पनि र अहिले पनि तयार रहेको वताए ।




















