काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलाश सिरोहियासँग आफ्नो कुनै रिसइवी नरहेको बताएका छन् ।
बुधबार बिहान चन्द्रागिरीमा भएको कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै उनले उहाँसँग कुनै रिसइवी नरहेको र अदालती प्रक्रियाबाट सजिलै छुट्ने बताए ।
नागरिकता कीर्तेसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ परेका सिरोहियाको मुद्दा अदालती प्रक्रियाबाट टुंग्गो लाग्ने दाहालले बताएका छन् ।
उनले भने- ‘सरकारले रिसिइबी साँध्यो भन्ने कुरा आएको छ । त्यो गलत कुरा हो । उहाँसँग के हो रिसइबी ? अदालती प्रक्रिया मैले बुझेको छु, उहाँ निर्दोष हुनुहुन्छ । सजिलै छुट्नुहुन्छ ।’




















