काठमाडौं । सहकारी ठगी प्रकरण छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन जारी कार्यदलको बैठक सकिएको छ ।
मंगलबार बिहान बसेको कार्यदलको बैठक कार्यादेश टुंगाउने विषयमा सकारात्मक छलफल भएको रास्वपाका सांसद शिशिर खनालले जानकारी दिए ।
आजको बैठकमा भएको छलफल पछि सबै आ-आफ्नो दलमा छलफल गरेर फेरी अर्को बैठक आजै दिउसो बस्ने रास्वपा नेता खनालले जानकारी दिएका छन् ।
कार्यदलका संयोजक समेत रहेका कानून मन्त्री पदम गिरीले सहमति भइनसके पनि आजको बैठक केही आशावादीरूपमा अघि बढेको बताएका छन् । सहकारीको बचतको अपचलनको विषयलाई प्रभावकारी छानबिन गर्ने र कहाँ कसले अपचलन गरेको छ तिनीहरूलाई कारबाही गर्ने बचतकर्ताको रकम फिर्ताको सुनिश्चित गर्ने गरी छानबिन गनए सबै एक मत रहेको उनले बताएका छन् ।
गृहमन्त्री रवि लामिछाने जोडिएको सूर्यदर्शनलगायतका सहकारीको नाम राख्ने विषयमा आफूहरू तयार रहेपनि पहिले नै दोषी करार गरेर व्यक्ति तोक्न नहुने पक्षमा आफूहरु रहेको गिरीले बताएका छन् ।