काठमाडौँ । प्रतिनिधिसभाको बैठक नेपाली कांग्रेसको नारावाजीका वीच चलिरहेको छ ।
आजको बैठक शुरु हुना साथ कांग्रेस सांसदहरुले उठेर विरोध गरेका थिए । १५ मिनेटका लागि स्थगित गरेर वार्ता गर्दा पनि सहमति हुन नसकेपछि वैठक कांग्रेसको अवरोधका बीच चलिरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत माग्दै आफ्नो मन्तव्य राखिरहेका छन् । कांग्रेसका सांसदहरुले नाराबाजी गर्दै वेल घेराउ गरिरहेका छन् ।




















